एमालेकै बदनियतले कोशीमा सत्ता गुमेको कांग्रेसको ठहर, हिक्मतलाई विश्वासको मत नदिने निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ आश्विन २०८०, शनिबार ०६:१६

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ ।

 

शुक्रबार बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले कार्की नेतृत्वको परमादेशी सरकारलाई विश्वासको मत नदिने निर्णय भएको एक नेताले जानकारी दिए ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकले एमालेको बदनियतकै कारण कांग्रेस नेतृत्वको प्रदेश सरकार ढलेको निष्कर्षसमेत निकालेको छ । मुख्यमन्त्री कार्कीले असोज २० गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

कांग्रेसका उद्धव थापा नेतृत्वको सरकारलाई बदर गरी कार्कीलाई मुख्यमन्त्री बनाउन सर्वोच्च अदालतले भदौं २१ मा परमादेश दिएको थियो ।

आजको बैठकमा कार्की नेतृत्वको एमाले सरकार ढलेपछि संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार निर्माण हुँदा कांग्रेसको भूमिकाको विषयमा समेत सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए ।

आजको बैठकले भदौ ४ गते उपसभामुख सिर्जना दनुवारले बैठक डाकेर संसदीय मर्यादा विपरीत अनुपस्थित भएको सन्दर्भमा खेद प्रस्तावसमेत पारित गरेको छ ।

भदौं ४ गते उपसभामसख दनुवारले प्रदेश सभा सञ्चालन गर्न छोडेर काठमाडौं लागेपछि कांग्रेसकै सांसद ईस्राइल मन्सुरीले बैठकको अध्यक्षता गरेका थिए । बैठकको अध्यक्षता गरेकै अवस्थामा उनले पनि प्रदेश सभामा मतदान गरेपछि उक्त मतदानको विवाद सर्वोच्च अदालत पुगेको थियो । जसमा सर्वोच्चले उक्त कार्य असंवैधानिक घोषित गरिदिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१