काभ्रे सिपालीको बुद्धचित्तमाला प्रकरणको बास्तबिकता के हो ? किन समातिए मालाधनि

evccfn@gmail.com' rastriyakhabar
१० आश्विन २०८०, बुधबार २१:२२

काठमाडौं । काभ्रेपलान्चोक जिल्लाको महत्वपुर्ण आर्थिक श्रोतमा रहेको बुुद्धचित्तमालाको ब्यापार र त्यो भित्र मौलाएको अपराधिक गतिबिधिले चरमरुप लिए पछि एउटा अचम्मको घटना बाहिरीएको छ ।
काभ्रेपलान्चोक जिल्लाको तेमाल क्षेत्रमा मात्र पाईने बुद्धचित्त अन्यक्षेत्रमा समेत ब्यवसायीक खेती गर्न लागेपछि यसको महत्व घटेपनि काभ्रेको रोशी गाउँपालिका वडा नम्बर पाँचको सिपालीको मालाको महत्व भने अझ घटेको छैन ।
यो मालाको लागि प्रतेक बर्ष केहि न केहि लफडा भएको घटना बाहिर आएको छ ।
यसपालि पनि त्यहि मालाको बिषयमा भएको एउटा घटना बाहिरिएको छ ।
बुुद्धचित्त मालाको ब्यापारगर्ने बहानामा ठगी गरेको आरोपमा माला ब्यापारी तथा माला धनि शेर बहादुर तामाङ पक्राउ परे संगै घटनाले नयाँ रुप लिएको छ ।
यो घटनामा संलग्न भएको आरोप लागेका काभ्रेपलान्चोक जिल्लाका युवा नेता समिप त्रिपाठी भने फरार रहेको श्रोतले बताएको छ ।
शेर बहादुर तामाङ पक्राउ परे संगै प्रहरीले अन्य फरारको खोजिकार्य जारी राखेको बुुझिएको छ ।
यो घटनामा ईलाका प्रहरी कार्यालय मंगलटारको समेत मिलेमतो रहेको ठगीमा परेका मान बहादुर तामाङको आरोप रहेको छ । यो आरोप प्रमाणित भए घटना भएको बेला त्यस चौकीमा रहेका पञ्चलाल गोले समेत तानिने श्रोतले बताएको छ ।
माला लुटपाटको घटना बढ्न थाले पछि केहि बर्ष अगाडी देखिनै प्रहरी प्रशासनको शुरक्षा ब्यवस्था मिलाएर मात्र मालाको ढुवानि हुँदै आएको ब्यपारीहरु बताउँछन् । तर प्रहरी शुरक्षा बिचमै माला हराएको यो घटनाले सबैलाई तरंगित बनाएको छ ।यो घटनामा संलग्न भएको भनिएका समिप त्रिपाठी युवा संघ नेपालका केन्द्रिय सदस्य हुन्न् भने काभ्रपलान्चोक जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमका निकट तथा पार्टी अध्यक्ष माधवकुमार नेपालका स्वकिय सचिव बताउने निकेश पौडेल संग समेत राम्रो सम्बन्ध बनाएका नेता हुन् ।
घटनालाई प्रहरीले ठगीमुद्धाको रुपमा अगाडी बढाएको भएपनि यो भित्रको रहस्य अर्कै रहेको एक श्रोतले बताएको छ ।
२०७९ कार्तिक २ गते बुुद्धचित्तको माला धनि र माला ब्यापारी बिच भएको संझौतामा ब्यापारीको तर्फबाट प्रतिनिधित्व गर्नेमा समिप त्रिपाठी ,शेरबहादुर तामाङ र मान बहादुर तामाङ रहेको भए पनि पछि चिनिया नागरिक बिङ्ग वाङ्ग संग २०७९ चैत्र २७ गते बिक्री सम्झौता गर्दा मान बहादुर तामाङको नाम नभएर प्रभात नामको ब्यक्तिको नाम राखेर करारनामा बनाउनुले पनि यो योजनाबद्ध रुपमा ठगी गरिएको हुन सक्नेमा प्रहरीले समेत अनुसन्धान गर्ने श्रोतले बताएको छ ।
यहि 2080 साउन ११ गते काभ्रेको सिपाली बाट मालालिएर संगै आएका मान बहादुर तामाङको प्रतिनिधि सत्यम लिम्बु लाई भक्तपुर लोकन्थली चोकमा आएपछि बिभिन्न बहानामा गाडीबाट झर्न लगाएर अन्य ब्यक्तिहरु माला लिएर फरार भएको संगै रहेका सत्यम् लिम्बुले मान बहादुर तामाङलाई जानकारी गराएपछि यो घटनाको बारेमा बिभिन्न चरणमा छलफल र वार्ताहरु समेत भएको श्रोतको दावी छ ।
माला लिएर संगै आएका सत्यम् लिम्बुले आफुलाई अर्को गाडीमा बस्नु भनेर गाडीबाट झरे पछि दुवै गाडीले आफुलाई छोडेर भागेको बताएका छन् ।
त्यहाँ को को थियो र के के भएको हो भन्नेबारेमा आफुले प्रहरीलाई जानकारी गराईसकेको लिम्बुले बताएका छन् ।
घटना प्रहरीको अनुसन्धानको क्रममा रहेकोले अनुसन्धानलाई प्रभाव पार्ने गरि आफु बोल्न नमिल्ने भन्दै लिम्बुले समय आए पछि मिडियालाई सबै बताउने भनेका छन् ।
राजनैतिक पावरको आडमा घटनालाई ढाकछोप गर्ने प्रयास भएपछि मानबहादुर तामाङको जाहेरीले प्रहरी वृत ठिमीको टोलिले ब्यापारी मध्यका शेर बहादुर तामाङलाई पक्राउ गरि अनुुसन्धान प्रकृया अगाडी बढाएको श्रोतले बताएको छ ।
घटनामा को को संलग्न भएका थिए भन्ने बारेमा अभैm खुलि नसकेको भए पनि प्रहरीको अनुसन्धानबाट थप केहि ब्यक्तिहरु समेत पक्राउ पर्ने श्रोत को दावी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१