सर्वसाधरणका लागि आईपिओ जारी गर्दै आयल निगम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०८०, बुधबार ०६:१९

काठमाडौं । नेपाल आयल निगमले सर्वसाधरणका लागि आईपिओ जारी गर्ने भएको छ । आज (मंगलबार) निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल एलपी ग्यास उद्योग संघको २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै आईपिओ जारी गर्ने तयारी रहेको बताएका हुन् ।

 

उनले निगम सर्वसाधरणका लागि आइपिओ जारी गर्नका लागि प्रतिवद्ध रहेको बताए । नेपाल धितोपत्र निष्काशन नियमावली २०७३ (सातौं संशोधन) ले दुई आर्थिक वर्ष नाफामा भएको कम्पनीले मात्रै आईपिओ निष्काशन गर्न पाउने व्यवस्था राखेकाले केही समय ढिला हुन गएको बताए ।

अघिल्लो आर्थिक वर्षमा १८ अर्ब नाफा कमाएर आयल निगम सर्वाधिक नाफा कमाउने सार्वजनिक संस्थान बनेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१