सरकारले ड्राईभर र भरिया पक्राउ गर्यो, जसले सुन तस्करी गरेको हो ऊ मुस्कुराइरहेको छः केपी ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०८०, बुधबार ०६:१३

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारले ड्राईभर र भरिया पक्राउ गरेको बताएका छन् । उनले अहिले पनि वास्तविक तस्कर मुस्कुराइ रहेको बताए ।

 

आज (मंगलबार) नेपाल उद्योग तथा व्यवसायी महासंघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अन्य व्यापारीले २०/५० लाखको सामन ल्याउन एलसी खोल्नुपर्ने व्यवस्था भएपनि अर्बौको सुन ल्याउँदा कहाँबाट पैसा गयो भन्ने कुरा नै नखुलेको बताए ।

‘ड्राईभर, भरियालाई कारबाही गरेर यो सबै बन्द हुन्छ ? मुस्कुराइ राखेको छ जो करप्टर हो । जसले तस्करी गरिराखेको छ, त्यो मुस्कुराई राखेको छ । आनन्द लिइराखेको छ,’– उनले भने ।

सुन तस्करीका लागि नेपाली नागरिकता दिएर २०७४ सालदेखि नै तयारी रहेको खुलेको उनले बताए । नागरिकता कसले दिएको, किन दिएको र कति पैसा लिएर दिएको भन्नेबारे सरकारले छानविनसमेत गर्न नचाहेको ओलीले बताए ।

‘कसले लगानी गरेको छ ? २०७४ देखि तयारी गरेको रहेछ नि नागरिकता दिइदिई । नागरिकता दिने को ? किन नागरिकता दिइयो ? कसले नागरिकता दियो ?’ प्रश्न गर्दै उनले भने, ‘कति खाएर, कति लिएर नागरिकता के गरेर दिइयो नागरिकता ? भाषा बोल्छ कि बोल्दैन थाहा पाए होला नि नागरिकता दिँदा । सिफारिस कसले दियो ? सिफारिस प्रमाणित गर्ने अधिकारी को हो ?

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१