सिन्धुपाल्चोको जुगल गाउँपालिकामा दशौं जिल्ला स्तरिय कराँते प्रतियोगिता हुँदै

evccfn@gmail.com' rastriyakhabar
९ आश्विन २०८०, मंगलवार २२:१८

काठमाडौं । नेपाल सोतोकान कराँते संघ सिन्धुपाल्चोकले यहि असोज २६ र २७ गते जुगल गाउँपालिका को श्री रत्न राज्य माबिको प्रागणमा दशौं जिल्ला स्तरिय कराँते प्रतियोगिता गर्ने भएको छ ।
खेलाडी राष्ट्रका गहना हुन उनिहरुलाई सम्मान गर्न सिकौं भन्ने मान्यतालाई आत्मसाथ गर्दै जिल्ला भर रहेका कराँते खेलाडीहरुको क्षमता अभिबृद्धि गर्दै राष्ट्रिय स्तरमा बिकास गर्न यो प्रतियोगिता आयोजना गरिएको नेपाल सोतोकान कराँते संघ सिन्धुपाल्चोकका  सचिव तथा शाखा डोजो प्रमुख रेशम सुन्दासले बताउनु भएको छ ।
प्रतियोगितामा सिन्धुपाल्चोक भित्र रहेका डोजोहरुबाट खेलाडीहरुको प्रतिनिधित्व हुने छ । बिभिन्न तौल समुहमा खेलाईने यो प्रतियोगिता २ दिन सम्म चल्ने छ ।
नेपाल सोतोकान कराँते संघ सिन्धुपाल्चोकले प्रतेक बर्ष यस्ता प्रतियोगिताहरु गर्दै आईरहेको छ ।
राष्ट्रिय स्तरका खेलाडीहरु समेत उल्लेख्य मात्रामा उत्पादन गरिसकेको यो संस्थालाई सपोर्ट गर्न सारा खवर डटकम ,संवाददाता डटकम,शान्ति नेपाल डटकम,ग्लोबल पाटी डटकम ,सर्वपक्ष दैनिक,जुगल खवर ,सिन्धु सन्देश लगायत मिडियाहरुले तत्परता देखाएका छन् ।
यो प्रतियोगिता खेल र खेलाडीको हितमा मात्र नभई समग्र सिन्धुपाल्चोकको आन्तरिक पर्यटन र जुगल गाउँपालिकालाई चिनाउने माध्यमको रुपमा समेत रहने आयोजक पक्षको दावि रहेको छ ।
यो प्रतियोगितालाई सभ्य र भब्य बनाउन सबै क्षेत्र र स्थानिय सरकार तथा जिल्लमा रहेका बिभिन्न निकायको समेत महत्वपुर्ण भुमिका रहने आयोजक संस्थाका पदाधिकारीहरुले बताउनु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१