महामन्त्री थापाले भने, ‘आममाफीको निर्णय सरकारले गरेको हो, भारी कांग्रेसले बोक्दैन’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०८०, मंगलवार ०६:१०

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै समय पार्टीमा आवद्ध भएको व्यक्तिले अपराध गर्छभने त्यसको जिम्मेवारीको भारी पार्टीले नबोक्ने बताएका छन् । आज (सोमबार) केन्द्रीय कार्यसमितिको बैठकमा उनले संविधान दिवसका दिन आम माफी पाएका रिगलतर्फ लक्षित गर्दै उनले आम माफीको निर्णय सरकारले गरेको भन्दै त्यसको भारी कांग्रेसले बोक्न नसक्ने बताए ।

 

‘अघि आममाफीको कुरा उठ्यो । राष्ट्रपतिको त औपचारिकतामात्रै हो । सरकारले एउटा निर्णय गर्छ, त्यो निर्णयको सिंगो भारी कांग्रेसले बोक्नुपर्छ । हामीलाई त केही पनि थाहा छैन, किन दिएको पनि थाहा छैन, किन गरेको पनि थाहा छैन । एउटा साथी कुनै बेला कांग्रेसमा छ, उसले व्यक्तिगत रुपमा अपराध गर्छ, गलत गर्छभने त्यसको भारी त्यो व्यक्तिले नै बोक्नपर्छ,’– उनले भने ।

उनले महेन्द्र यादवमाथि भएको आक्रमणको भारी सिंगो पार्टीले बोक्न पर्ने र पार्टी तयार रहेको बताए । यादवको गल्ती कमिकमजोरी नभई उक्त आक्रमण भएको उनको दाबी छ ।

रिगल व्यक्ति हत्यामा दोषी ठहरपछि अदालतबाट सर्वस्वसहित जन्मकैद पाएका व्यक्ति हुन् । २०७२ साल असार २८ गते २९ वर्षीय चेतन मानन्धरमाथि उनले खुँडा प्रहार गरेर हत्या गरेका थिए । त्यसपछि फरार भएका रिगलले दुई महिनापछि प्रहरीमा आत्मसमपर्ण गरेका थिए । उनलाई २०७६ बैशाखमा अदालतले सर्वाश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । संविधान दिवसका दिन उनले आममाफी पाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१