शरणार्थी प्रकरणका आरोपितलाई थुनामा पठाउने न्यायाधीशको सरुवाबारे मन्त्री मुछिएपछि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०८०, सोमबार ०६:०५

काठमाडौँ । कानुनमन्त्री धनराज गुरुङको प्रस्तावमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको सरुवा नभएको उनको सचिवालयले स्पष्ट पारेको छ ।

केही सञ्चारमाध्यममा भुटानी शरणार्थी प्रकरणका आरोपितलाई थुनामा पठाउने आदेश गरेका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश न्यौपानेको रुकुम जिल्ला अदालतमा सरुवा भएको विषयलाई जोडेर समाचार प्रकाशित भएपछि सचिवालयले यसमा कुनै सत्यता नरहेको जनाएको हो ।

उक्त सरुवाको प्रस्ताव न्यायपरिषद्को बैठकमा मन्त्री गुरुङले नगरेको भन्दै सचिवालयको तर्फबाट स्वकीय सचिव प्रेम प्रकाश केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘स्वयं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मन्त्रालयको जिम्मेवारीमा आउनु भन्दा अघिदेखि नै संसद् बैठकमा भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि आवाज उठाउनु भएको सबैमा जानकारी नै छ। माननीय मन्त्रीले राजनीतिक जीवन सुरु गर्दादेखि नै सधैँ कानुनी राज्यको पक्षमा वकालत गर्दै आउनुभएको र हाल स्वयं कानुन मन्त्रीको जिम्मेवारीमा रहनुभएको सन्दर्भमा कुनै गलत नियत नराखी कार्यसम्पादन गर्दै आइरहनु भएको छ ।’

न्याय परिषद्को बैठकमा न्याय परिषद्को सचिवालयले प्रस्ताव तयार पारी पेश गर्ने र त्यस्तो प्रस्ताव उपर छलफल भई परिषद्बाट निर्णय हुने विधि, प्रक्रिया र अभ्यास रहेको पनि सचिवालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१