काठमाडौँ। सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी सात वर्ष पुरानो मुद्दाको निर्णय आगामी मंसिर २८ गते सुनाउने भएको छ ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले आइतबार यस मुद्दाको निर्णय सुनाउने मिति तोकेको हो । आइतबार दुवैतर्फको बहस सकिएसँगै सर्वोच्चले निर्णय सुनाउने मिति तोकेको हो ।
यस मुद्दामा दोषी ठहर भएमा अदालतले कैद वा जरिवानाको प्रस्तावसहित उनलाई माफी माग्ने अवसर दिनसक्नेछ । आरोप पुष्टि नभए निवेदन स्वतः खारेज हुनेछ ।
२०७३ वैशाखमा प्रचण्डले राष्ट्रिय सभागृहमा आयोजित माओवादी कार्यकर्ताको भेलामा अदालतमा आफूविरुद्ध षड्यन्त्र भएको र माओवादीविरुद्ध अदालतलाई प्रयोग गरिएको भन्ने अभिव्यक्ति दिएका थिए ।
प्रतिक्रिया