क्रिकेटको घरेलु संरचना बदल्छु : क्यान अध्यक्ष चन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०८०, आईतवार ०६:२८

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षमा निर्विरोध निर्वाचित भएका चतुरबहादुर चन्दले तीन महिनाभित्र क्रिकेटको घरेलु संरचनालाई बदल्ने बताएका छन् ।

शनिबार निर्विरोध निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको नेपाली टोलीलाई त्यही स्तरमा पुर्‍याउन धेरै चुनौती रहेको पनि बताए ।

पहिलो तीन महिनाभित्रै आन्तरिक स्ट्रक्चरलाई हामीले प्लानसहित अघि बढ्नेछौँ । भारत र पाकिस्तानसँग खेल्यौं अब नेपाललाई पनि त्यस्तै टिम बनाउने आधारशिला खडा गर्नुछ । त्यसका लागि घरेलु संरचनालाई नयाँ किसिमले बदल्नु छ, र सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न जरुरी छ’ उनले भने ।

अध्यक्ष चन्दले दोस्रो कार्यकालका लागि निर्वाचित भएसँगै जिम्मेवारी बढेको महसुस भएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१