दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी भाग २” बजारमा (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०८०, आईतवार ०६:०९

काठमाण्डौ । कुनै पनि लोक तथा दोहोरी गीत सार्बजनिक हुनुपुर्व टिकटकमा भाइरल कमै कलाकारको हुने गर्दछ तर स्थायी घर नुवाकोट र हाल प्रबासमा रहेका लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठको भने हरेक गीत सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल भैसकेका हुन्छन् । जसको कारण पुरै गीत सुन्न र हेर्नमा दर्शक श्रोताहरुलाई हतार हुने गर्दछ । यसैलाई मध्यनजर गर्दै दिनेशले आफ्नो गीतलाई पूर्णता दिंदै “ए परदेशी भाग २” नाममा उक्त गीतलाई भर्खरै सार्बजनिक गरेका छन् ।

प्रस्तुत गीतमा प्रस्तुतकर्ता दिनेशको नै लय शब्द रहेको छ भने स्वर दिनेश श्रेष्ठ र सरिता थापा मगरको सुन्न सकिन्छ । निकै मर्मस्पर्सी भाव र संगीतमा तयार भएको गीतको म्युजिक भिडियोमा अनु शाह, अरुण सापकोटा, जयराम सापकोटा र अन्जु पण्डितको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन बिरेन्द्र भट्ट र सम्पादन अमृत चापागाईंले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई दिनेश श्रेष्ठ युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१