गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख रिसाल चीन प्रस्थान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०८०, शनिबार ०६:३५

काठमाण्डौ।  गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसाल चीन प्रस्थान गर्नुभएको छ।  रिसाल कार्यलयको कामको लागि  गोकर्णेश्वर नगर खेलकुद विकास समितिका संयोजक संजय लामाका साथमा चीन प्रस्थान गर्नुभएको हो।

नगर प्रमुख रिसालको ९ दिने चिन भ्रमण रहने कार्यतालिका रहेको छ।अत्याधुनिक प्रबिधिबाट फोहोर ब्यबस्थापन के कसरी गर्न सकिन्छ भन्ने बिषयमा जानकारी लिन त्यहाँका मेयरको निमन्त्रणामा नगर प्रमुख रिसाल चीन प्रस्थान गर्नुभएको हो।  साथै उहाँले त्यहाँको विकास, शिक्षा,स्वास्थ्य खेलकुद, कृषि लगायत विविध विषयमा अवलोकन,निरीक्षण र भ्रमण गर्नुहुनेछ।

बिदाइका लागि गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी,लेखा शाखा प्रमुख रामजी रायमाझी,शाखा प्रमुख भुपेन्द्र बोहरा,उहाँकी धर्मपत्नी सरिता रिसाल लगायत शुभेच्छुक तथा आफन्तहरू बिमानस्थल पुग्नुभएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१