संबिधान दिवसको अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं ६  को दिप प्रज्वलन सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०८०, बिहीबार ०७:१७

काठमाडौं । संविधान जारी भएको दिनका अवसरमा देशभर संविधान दिवस विविध कार्यक्रम गरि मनाइएको छ । नेपालको संविधान तेश्रो बर्ष पुरा भई चौथो प्रवेशको अवसरमा गोकर्णेश्वर  नगरपालिका वडा नं ६  ले  साँझ दिप प्रज्वलन गरेको छ ।

वडा कार्यलयमा सम्पन्न भएको उक्त दिप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथि  गोकर्णेश्वर नगरपालिका वडा नं ६  का वडा अध्यक्ष नवराज  लामा रहेका थिए भने बिशेष अतिथिको रुपमा वडा सदस्यहरु बिभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत समाजका लब्धप्रतिष्ठित ब्यक्तिहरुको साथै स्थानीयहरुको उपस्थिति रहेको थियो।

राष्ट्रिय गान संगै सुरु भएको उक्त कार्यक्रममा सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुलाइ सम्झदै एक मिनेट मौन धारण गरिएएको थियो कार्यक्रममा दिप प्रज्वलन गर्दै वडा अध्यक्ष नवराज  लामाले संबिधान दिवसको शुभकामना दिदै जनताका हक अधिकारलाई सुनिश्चित गर्न र बिभिन्न खालका कार्य समस्यालाई अगाडी बढाउन स्थानिय सरकार उपस्थीत भएको बताए ।

उनले सहिदहरुको ठुलो त्याग तपस्याबाट प्राप्त संबिधानलाई पालन गर्नु सबैको दयित्व रहेको धारणा राखेका थिए। उनले संबिधानको मर्म अनुसार अगाढी बढन जनप्रतिनिधी एक्लैले मात्रै केही नहुने भन्दै सबै सँगै सहकार्य गरेर अगाढी बढनु पर्ने बताएका थिए।

सायद ३ जना मानिसहरू को फोटो हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१