धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी मण्डलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ आश्विन २०८०, बुधबार ०६:२४

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली नियुक्ति पत्र बनाईंदिने धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डल र रामजानकी प्राथमिक विद्यालयकी शिक्षिका निलम कुमारी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मण्डलले धनुषाको, मिथिलाबिहारी नगरपालिका वडा नं-९ स्थित श्री रामजानकी प्राथमिक विद्यालयकी शिक्षिका निलम कुमारी यादवलाई जिल्ला शिक्षा २०७१-०६-०७ मा श्री भानु उमावि, किसानपुरबाट श्री रामजानकी प्राथमिक विद्यालय कटरैत, धनुषाको प्रावि.दरबन्दीमा पदस्थापन गरेको नियुक्ति बनाई दिएका थिए ।

मण्डलले नक्कली नियुक्तिपत्र बनाएर यादवलाई विद्यालयमा पदस्थापन गरेको पुष्टि भएको जनाउँदै अख्तियारले मंगलबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अनुसन्धानका क्रममा यादवले भानु उच्च माध्यामिक विद्यालयको शिक्षक पदको नक्कली नियुक्ति पत्र बनाई सोही नक्कली नियुक्तिपत्रको आधारमा राम जानकी प्राथमिक विद्यालय, कटरैतमा पदस्थापना भई सुविधा लिएको अख्तियारले जनाएको छ ।

साविक जिल्ला शिक्षा कार्यालय धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले यादवको शिक्षक पदको नक्कली नियुक्तिपत्र बनाउन सघाएको अख्तियारको भनाइ छ ।

नियुक्ति नै नभएको र अभिलेखीकरण नै नभएकी यादवलाई स्थायी शिक्षकको पदस्थापना गर्ने क्रममा कनिष्ठताको आधारमा भानु उच्च माध्यमिक विद्यालयबाट विस्थापित गर्ने एवं लगत्तै राम जानकी प्राथमिक विद्यालयमा पदस्थापना गर्ने कार्य मण्डलले गरेको ठहर अख्तियारको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१