२५० वर्ष पछिको सबैभन्दा ठुलो सौर्य आँधी आउदै : पृथ्वी पुरै ६ दिन अन्धकार हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ कार्तिक २०७१, शुक्रबार ११:४२

एजेन्सी । अमेरिकी बेज्ञानिक संस्था नासाले आगामि डिसेम्बरमा विशाल सौर्य आँधीका कारण सात दिन सम्म पृथ्वी पुरै अँध्यारो हुनसक्ने दाबी गरेको छ ।

नासाले जनाए अनुसार आगामि डिसेम्बर १६ देखि २१ सम्म पृथ्वी अन्धकार हुनेछ । नेपाली पात्रो अनुसार पौष १ गते देखि ७ गते सम्म दिनमा पनि घाम नलाग्ने र अन्धकार मय हुने छ ।
विशाल शौर्य आँधीका कारण तीन दिन पुरै अन्धकार र तीन दिन बाक्लो कुहीरो र धुलोका कारण करिब ९० प्रतिशत प्रकाश छेकिएर अँध्यारो नै हुने बताइएको छ ।
नासाका प्रमुख चाल्र्स बोलडेनले यो आँधी विगत २५० वर्ष पछिको सबैभन्दा ठुलो सौर्य आँधी भएको बताएका छन् ।
उनले यो परिस्थितिको सामना गर्न तयार रहन विश्व समुदायलाई आग्रह समेत गरेका छन् ।
करिब २ सय १७ घन्टासम्म चल्ने यो आँधीबाट नआत्तिन र शान्त रहन पनि नासाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१