परिदृश्य वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा राम सुन्दर घिमिरे सर्वसम्मत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०८०, आईतवार ०७:३१

काठमाडौं। काठमाडौं ताहाचलास्थित परिदृश्य वचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिको अध्यक्षमा राम सुन्दर घिमिरे सर्वसम्मत चुनिएका छन् ।

शनिबार मसला कटेज पार्टी प्यालेस टेकुमा भएको साधारणसभाले घिमिरेको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा माया पोखरेल, सचिवमा रोशन शाही, कोषाध्यक्षमा पूर्ण बहादुर खड्का सर्वसम्मत चयन भएको हो  । सदस्यहरुमा सञ्जय गिरी, देबेन्द्र तन्डुकार र प्रेम कुमारी श्रेष्ठ चुनिएको हो  ।

काठमाडौं महानगरपालिका सहकारी विभागका प्रतिनिधि मिलनराज वाग्लेको प्रमुख आतिथ्यतामा भएको साधारणसभाले लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुजन अधिकारी चयन हुनु भएको छ । सदस्यहरुमा मानकेश्वर श्रेष्ठ र सरु केसी चुनिनु भएको छ ।

परिदृश्य वचत तथा ऋण सहकारी संस्था लि.को  ऋण लगानी तथा असुल उपसमिति समेत गठन गरेको छ । कृष्ण चन्द्र बस्नेतको संयोजकत्वमा बालकृष्ण माझी, राजु तण्डुकार, अप्सरा केसी, सुरेन्द्रमान प्रधान, मनोहर बस्नेत र दिनेश बिडारीलाई चयन गरेको छ ।

सभाले महिला परिचालन उपसमिति समेत गठन गरेको छ । माया पोखरेलको संयोजकत्वमा प्रेम कुमारी श्रेष्ठ, सरु केसी, कल्पना घिमिरे, रिना बिडारी, अर्चना तुलाधर सदस्य रहने गरि चयन भएका छन्   । सभाले बजार व्यवस्थापन, शिक्षा तथा तालिम उपसमितिमा रोशन शाहीलाई संयोजकमा चयन गरेको छ ।No description available.No description available.No description available.No description available.No description available.

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१