काठमाडौं गैह्रीगाउँमा हत्या गरिएका चार जनाको सनाखत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०८०, आईतवार ०६:१४

काठमाडौं । काठमाडौंको तीनकुनेमा एकै परिवारका तीन सहित चार जनाको हत्यामा प्रयोग भएको हतियार प्रहरीले बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले घटना भएको स्थानमा हत्यामा प्रयोग भएको खुकुरी र अर्को एक धारिलो हतियार बरामद गरेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

उनले भने, ‘खुकुरी र चुलेसी जस्तो घरमा प्रयोग भएको घरेलु हतियार प्रयोग गरेर हानेको पाइएको छ ।’ गएराति ११ः५५ बजे तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्या भएको सूचना प्रहरीले पाएको थियो । लगत्तै घटनास्थलमा पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले चार जनाको शव भेटेको थियो ।

मिलमा सुरक्षागार्डका रुपमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङका नविन राईको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको पाइएको थियो । प्रहरीले राति अपराधमा प्रयोग भएको हतियार बरामद गरेको थिएन ।

 

प्रहरीले केनाइन महाशाखाबाट तालिम प्राप्त कुकुरसहितको टोली ल्याएर घटनास्थलमा घुमाएको थियो भने प्राविधिक पक्षको विश्लेषणबाट समेत अनुसन्धान थालेको थियो । त्यसक्रममा प्रहरीलाई घटनाबारे सूचना दिने २८ वर्षीय दीपेन्द्र राई आफैं अनुसन्धानको दायरामा परेका थिए ।

राति रगताम्ये भएको अवस्थामा मिलबाट बाहिर निस्किएर उनी ट्याक्सी चढेका थिए । ट्याक्सीका चालकलाई उनले प्रहरी कहाँ पुर्‍याइदिन भनेका थिए । प्रहरी वृत्त, नयाँबानेश्वर पुगेर उनले आफ्नो साथीहरु मारिएको बताएका थिए । मदिराको नशा लागेको र शरीरभरि रगत लत्पतिएको अवस्थामा भेटेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

हाल उनी प्रहरी वृत्त, बानेश्वरको हिरासतमा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१