वास्तुअनुसार कुन ठाउँमा के राख्दा शुभ हुन्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०८०, शुक्रबार १८:४३

हामी सबैलाई आफ्नो घर सजाउन रहर लाग्छ । सबैले, आफ्नो घरलाई फरक तरिकाले सजाउन चाहन्छन् । सामान्यतया, मानिसहरूले घर सजाउनका लागि विभिन्न सजावटका वस्तुहरू प्रयोग गर्छन् र हेर्दा निकै आकर्षक पनि देखिन्छन् । तर, घरमा शुभ रहनका लागि, हरेक वस्तुलाई वास्तुअनुसार सजाउनु राम्रो मानिन्छ । घरमा सजाउनका लागि केही यस्ता वस्तुहरू छन्, जुन राख्दा शुभ हुन्छ ।

मनी प्लान्ट
आजभोलि दिशा र कोणअनुसार घर सजाउने गरिन्छ । वास्तुअनुसार मनी प्लान्टलाई उत्तर दिशामा राख्नु शुभ मानिन्छ । मनी प्लान्टलाई घरमा राख्दा यसले धन र अन्न बढाउँछ । साथै, ठूला पात भएका प्लान्टहरू राख्नुपर्दछ । यसलाई टोकरीमा रोप्नुपर्दछ ।

पेन्डुलम घडी
आफ्नो घरको लबीको उत्तर वा पूर्व भित्तामा पेन्डुलम घडी राख्नुहोस् । यस्ता घडीहरूले प्रत्येक घण्टामा आवाज निकाल्छ र घरमा ध्वनि तरंगहरू पनि सिर्जना गर्छ । जसले गर्दा आफ्नो काम समयमै गर्न ध्यान जान्छ । सकेसम्म घडीको फ्रेम काठको हुनुपर्दछ ।

रंगोली
जब, घर सजाउने कुरा आउँछ । सजावट मुख्य प्रवेशद्वारबाट शुरू हुन्छ । घर सजाउनका लागि रंगोली बनाउनु राम्रो हुन्छ । मुख्य प्रवेशद्वारमा रंगोली लगाउनाले सकरात्मकता ऊर्जा बढ्नुको साथै घरमा शुभ हुन थाल्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१