अम्बा खानुका धेरै फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०८०, शुक्रबार १८:१२

अम्बामा एउटा मिठाेफल हाे । अम्बा खानाले धेरै फाइदा हुन्छ । अम्बामा भिटामिन ए,बी तथा सी पाइन्छ । अपच, ग्यास्टिक आदिका लागि अम्बा निकै लाभदायी मानिन्छ । यी रोगबाट पीडित व्यक्तिले प्रतिदिन २५० ग्राम अम्बाको सेवन गर्नु आवश्यक पर्दछ । अम्बा केवल स्वादका लागी मात्रै प्रयोग नभई यसको सेवनले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनका मद्दत गर्छ । यसले पाचन प्रणलीलाई चुस्त राख्नुका साथै मानिसलाई स्वस्थ रहन मद्धत गर्छ । दैनिक २ वटा मध्यम आकारका अम्बाले नै भिटामिन सिको कमीलाई हटाउँछ । फोलिक एसिड, विटामिन बी९९ले भरीएको अम्बा गर्भवती महिलाहरुका लागी लाभदायक हुन्छ । यसको सेवनले पेटको बच्चाको न्यूरोलोजिकल डिसअर्डर नियन्त्रणमा आउँछ । गाजर जस्तै अम्बा पनि भिटामिन ए का लागी उत्तम मानिन्छ । पोषक तत्वले भरिएको अम्बाको सेवनले आँखा सम्बन्धी समस्या निर्मुल पार्न मद्धत गर्छ । भिटामिन ए को कमी भएर हुने रतन्धोबाट पनि अम्बाको सेवनले बचाउँछ । चाइनीज मेडिसीनमा अम्बालाई डायबिटीज कम गर्ने मानक नै मानिन्छ । एक अध्ययनका अनुसार अम्बाको जुस पिउनाले चिनी रोगको स्तर नै कम हुन पुग्छ । अम्बामा फाइबरको मात्रा धेरै हुने हुनाले सुगरका बिरामीलाई यो एक औषधि नै साबित हुने हालैको एक अध्ययनले प्रमाणित गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१