नेफ तिज विशेष नृत्य प्रतियोगिता भव्यताका साथ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०८०, शुक्रबार ०७:४३

काठमाडौँ  ।  उत्तरभेगिय शैक्षिकमञ्च (नेफ) ले विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्न विभिन्न अतिरिक्त कार्यक्रम गर्ने गरेकोमा नारीहरुको महान चाड तिजको उपलक्ष्यमा तेस्रो नेफ अन्तरविद्यालय तिज नृत्य प्रतियोगिता—२०८० सम्पन्न गरेको छ ।

यस प्रकारका अतिरिक्त क्रियाकलापबाट विद्यार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्न र भाइचारा सम्बन्ध विस्तार गर्न काठमाडौ जिल्लाका उत्तरभेगमा संचालिन विद्यालय सहभागी रहेको छ । उत्त तिज नृत्य प्रतियोगिता केन्द्रिय प्याब्सनका उपाध्यक्ष थकिन कुमार गुरुङ्ग, काठमाडौ प्याब्सनका अध्यक्ष  प्रेम कुमार राईको विशेष आथिथ्यतामा र नेफका अध्यक्ष नारायण रोकाको सभापतित्वमा उद्घाटन गरिएको थियो ।

उक्त  कार्यक्रम संचालक द्धय नेफ का सचिव टंक कुमार चापागाई र सदस्य जयराम चापागाईले गर्नु भएको थियो भने शुभकामना मन्तव्य सदस्य सुगन्ध रेग्मीले दिनुभएको थियो । नेफ तिज विशेष नृत्य प्रतियोगितामा काठमाडौका उत्तरभेगमा संचालिन ३५ विद्यालयहरुको सहभागी थियो ।

प्रथम,द्धितिय र तृतिय हुन सफल विद्यालयहरुलाई ट्रफी, सर्टिफिकेट र मेडल ले सम्मान गरिएको थियो र चौथो देखि दशौ हुन सफल विद्यालयलाई ट्रफी, सर्टिफिकेट ले सम्मान गरिएको थियो । प्रथम हुन सफल विद्यालय हिमालय बोडिङ्ग स्कूल बुढानिलकण्ठ नगरपालिका, दास्रो हुन सफल गोल्डेन पिक मा.वि काठमाडौ महानगर पालिका, तेस्रो हुन सफल पारामाउण्ट एकेडेमी टोखा नगरपालिका, चौथो हुन सफल ग्रिल्याण्ड मा.वि टोखा नगरपालिका, पाचौ हुन सफल कौशल इङलिस बोडिङ्ग स्कूल तारकेश्वर नगरपालिका, छैटौ हुन सफल पृथ्वी मा.वि टोखा नगरपालिका, सातौ हुन सफल एन्जर्ल हर्ट मा.वि तारकेश्वर नगरपालिका, आठौ हुन सफल साउथ वस्र्टन स्कूल टोखा नगरपालिका, नवौ हुन सफल फ्लोरिसेन्ट मा.वि टोखा नगरपालिका, दशौं हुन सफल ओडिसी इन्टरनेशनल एकेडेमी टोखा नगरपालिका रहेका थिए ।

उक्त तिज नृत्य प्रतियोगिताको निर्णायक भुमिकामा  खर्ग बुढामगर (बरिष्ठ मादल वाजक, गायक तथा नृत्य दिर्शेक) ,  भुवन श्रेष्ठ (केन्द्रिय अध्यक्ष, नृत्य निर्देशक संघ नेपाल) र  भावना कार्की (के.उपाध्यक्ष, नृत्य निर्देशक संघ नेपाल ) ले गर्नु भएको थियो भने निर्णायकको प्रमुख संयोजक खर्ग बुढामगर रहनुभएको थियो । आफनो पक्षमा नतिजा हात पार्न सफल विद्यालय र विद्यार्थीहरुलाई टोखा नगरपालिका कार्यकारी प्रमुख शेर बहादुर वि.सी, काठमाडौ प्याब्सन अध्यक्ष  प्रेम कुमार राई, साउथ वस्र्टन कलेजका सहायक क्याम्पस चिफ हरि सिह के.सी, टोखा वडा नं. ५ अध्यक्ष मदन गुरुङ्ग, राम के.सी, रामहरि अधिकारी, सरोज पाण्डे, मुकुन्द पाण्डे, डि.ए महतो साथै विभिन्न विद्यालयका प्रिन्सिपलज्यूहरुले पुरस्कार वितरण गर्नु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१