चट्याङ लागेर एक जनाको मृत्यु, १९ जना घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०८०, शुक्रबार ०६:२९

दैलेख । दैलेखका‌ चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। मृत्यु हुनेका महावु गाउँपालिका– १ की ४२ बर्षीय भुमिसरा खत्री रहेकी छन्।

भुमिसराको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा साँझ ६ बजे मृतक घोषणा भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । बिहिबार अपरान्हपछि दैलेखका चार स्थानमा चट्याङ परेको छ ।

हाबु गाउँपालिका–१ खरिगैरा, ओखलढुङ्गा, डुङ्गेश्वर गाउँपालिका–६ लयाटी र नारायण नगरपालिका–४ तामेखोलामा चट्याङले क्षती पुर्याएको हो । चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ओखलढुङ्गा स्थित मानबहादुर सेनको घरमा चट्याङ परेको थियो । उनकी श्रीमती पदमकुमारी सेन घाइते भएकी छन् भने घरमा बाँधेको बाख्रा मरेको छ । घाइते पदमकुमारीको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।

चट्याङबाट दलबहादुर गुरुङ, जयबहादुर गुरुङ, सम्झना गुरुङ, रोशनी गुरुङ, खरजंग गुरुङ घाइते भई बेहोस भएकोले जिल्ला अस्पताल दैलेखबाट प्रदेश अस्पताल सुर्खेत रिफर भएका छन् ।

यस्तै, शान्ति गुरुङ, भद्रदेवी खत्री, बिनिता सेन, गंगा सेन, शिसिर सेन, करिष्मा सेन, कबिराज थापा, शेरबहादुर सेन, पदमाकुमारी सेन, मनसरा जैशी र मिनबहादुर थापा घाइते छन् । उनीहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१