चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही नगरे आन्दोलनमा उत्रिने संघको चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०८०, शुक्रबार ०६:२३

काठमाडौँ । नेपाल चिकित्सक संघले चिकित्सकमाथि कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारबाही गर्न सरकारलाई अल्टिमेटम दिएको छ । संघले बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै ७२ घण्टाभित्र कारबाही नगरिएमा आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।

गत भदौ २७ गते हेटौडास्थित सञ्चो अस्पतालका डा.विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीहरूको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण भएको संघको आरोप छ ।

संघका अध्यक्ष डा.अलिन कार्कीद्धारा बिहीबार जारी प्रेस विज्ञप्तिमा थापा र विडारीमाथि आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । साउन २२ गते हेटौँडा पदमखोपरीका ४१ वर्षीय राजेश प्रधानको डेंगु परीक्षण गर्दा उनलाई पोजेटिभ देखिएपछि डाक्टरले उनलाई आराम गर्न घर पठाएका थिए ।

स्वास्थ्य बिग्रिएपछि प्रधान सोही अस्पतालमा पुनः भर्ना भएका थिए । त्यसलगत्तै प्रधानलाई थप उपचारका लागि भरतपुर अस्पतालमा रिफर गरिएको थियो । भरतपुर अस्पताल पुर्याइएको दुई दिनपछि भदौ २५ गते प्रधानको मृत्यु भएको थियो । उनको मृत्युपछि उपचारमा लापरबाही भएको भन्दै एक समूहले थापा र बिडारीमाथि कुटपिट गरेका थिए ।

‘गम्भीर घाइते भएका चिकित्सकहरूको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको र ज्यानै मार्ने किसिमको घटना अस्पतालको सीसीटीभीमा कैद भई सामाजिक सञ्जालभर सार्वजनिक भइरहँदा समेत सुरक्षा निकायले गम्भीरर्तापूर्वक लिएको छैन’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१