डी ट्रेड कम्पनीकै नाममा ३०२ किलो अवैध सुन भित्रिएको सीआइबीको निष्कर्ष

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०८०, बिहीबार ०७:००

काडमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले रेडी ट्रेड लिंक प्रालिको नाममा हालसम्म ३०२ किलो अवैध सुन नेपाल भित्रिएको निष्कर्ष निकालेको छ ।

दोलखाका दिलीप भुलेजको नाममा दर्ता भएको उक्त कम्पनीले विभिन्न देश हुँदै नेपालमा हालसम्म ३०२ किलो ६२० ग्राम अवैध सुन तस्करी गरेर भित्र्याएको खुलेको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

कम्पनीले भित्र्याएका सबै बरामद ब्रेक प्याडहरुलाई जोख्दा ३०२ किलो ६२० ग्राम सुन ल्याएको देखिएको उनले बताइन् । हङकङ ट्रान्जिट हुँदै त्यहाँबाट तीनवटा कम्पनीले रेडी ट्रेडको नाममा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को सुन भित्र्याएको पाइएको बज्राचार्यले बताइन्।

उनका अनुसार पक्राउ परेका ३२ जना र फरार १८ जनासहित ५० जनाविरुद्ध ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँको बिगो कायम गरेर मुद्दा अघि बढाउन सरकारी वकिलको कार्यालयलाई राय दिइँदैछ।

साउन ३ गते त्रिभुवन विमानस्थल बाहिर बरामत गरिएको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सीआईबीले आज (बुधबार) सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१