श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान कामी पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०८०, बुधबार ०६:२५

रसुवा । रसुवामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। गोसाइँकुण्ड गाउँपालिका-६ रेडपाण्डा चोकस्थित भूकम्पपीडित आवासमा बस्ने ७१ वर्षीय सुलाल कामी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको टोलीले सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो।

७१ वर्षीया सीता कामी घरमै मृत अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानको क्रममा श्रीमती सीतालाई कुटपिट गरी हत्या गरेको खुलेपछि सुलाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१