ओलीले भने–भेट्ने कुरा थियो, पार्थिव शरीर हेरेर बिदाइ गर्न विवश भएँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०८०, बुधबार ०६:१७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै स्व सुवास नेम्वाङलाई भेट्न पाएनन् । मंगलबार बिहान दुई नेताबीच भेट्ने कुरा भएपनि त्यसअघि नै नेम्वाङको निधन भएको हो । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो ।

आलीले सामाजिक सञ्जालमा लेखेका छन्,’अस्तिको दिन सुवासजी धरानको कार्यक्रमबाट फर्केपछि फोनमा कुरा भएको थियो । उहाँको बोली सधैँ झैँ सहज थियो । मंगलबार बिहान भेट्ने कुरा भएको थियो । तर  मंगलबार नै उहाँको पार्थिव शरीर हेरेर बिदाइ गर्न विवश भएँ । भावपूर्ण श्रद्धासुमन !’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१