भारतबाट अवैध आयात हुने कुखुरा रोक्न गृहको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०८०, मंगलवार ०५:५९

काठमाडौँ । भारतबाट अवैध आयात हुने कुखुरा रोक्न गृह मन्त्रालयले मातहतका निकायहरुलाई निर्देशन गरेको छ । भदौ ३ गते गृह मन्त्रालयमा भएको सरोकारवाला पक्षसँगको छलफलपछि यस्तो निर्देशन गरिएको मन्त्रालयले जनाएको छ ।

खुला सीमा नाकाको फाइदा उठाउँदै भारतबाट कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा भइरहेको भन्दै व्यवसायीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गरेका थिए । सोही गुनासोका आधारमा मन्त्रालयले मंगलबार सीमास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयलाई अवैध कुखुराको आयात रोक्न निर्देशन दिएको हो ।

खुला सीमा नाकाबाट हुने गैरकानुनी पशुपन्छी जन्य वस्तुको ओसारपसार गरिए कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले बताएको छ । यस्तो कार्यलाई रोक्न तत्काल सीमा क्षेत्रमा गस्ती बढाउने र अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानून बमोजिम कारबाही गरिने समेत मन्त्रालयले सार्वजनिक सूचना गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१