अपेन गोकर्णेश्वरको अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०८०, सोमबार ०६:२४

काठमाण्डौ । अपेन गोकर्णेश्वरले अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उत्कृष्ट विद्यालयहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

नगर प्रमुख रिसालले अपेन गोकर्णेश्वर नगर समिति प्रति हार्दिक आभार व्यक्त गर्दै नगरले आगामी दिनमा सहकार्य गर्न तयार रहेको र शिक्षामा आमूल परिवर्तन गर्न नगरपालिका लागिरहेको बताएका थिए ।

प्रतियोगितामा समदर्शी स्कूल प्रथम , शुभकामना स्कूल द्वितीय,शुभबिहानी स्कूल तृतीय तथा ह्यापी किड्स स्कूलले सान्तवना पुरस्कार प्राप्त गरेको थियो ।

कार्यक्रम अपेन गोकर्णेश्वरका अध्यक्ष प्रकाश अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको उद्घाटन गर्दै विशेष अतिथि सान्नानी लामाले साना साना बालबालिकाको प्रतिभालाई व्यवस्थित रुपामा स्टेजमा उपस्थित गराएर उत्कृष्ट कला प्रस्तुत गराउन सक्नु चुनौती पूर्ण र महत्वपूर्ण कार्य भएको बताउँदै सफलताको कामना गरेका थिए ।

कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठले पहिलो पटक यति राम्रो कार्य देखेको भन्दै खुलेर प्रशंसा गर्नु भएको थियो । त्यसै गरेर गोकर्णेश्वर नगरपलिका शिक्षा शाखा प्रमुख दण्डपानी शर्मा पौडेलले शिक्षा शाखा सधैं प्रि स्कूलहरुसँग मिलेर जान तयार भएको बताएका थिए थियो ।

अपेन गोकर्णेस्वरका महासचिव कृष्ण कुमार बोहोरा , गोकर्णेश्वर नगरपालिका शिक्षा स्रोत व्यक्ति रामनारायण शाह , एन प्याब्सन गोकर्णेश्वर अध्यक्ष निराजन आचार्य , निशानका अध्यक्ष सौर्य आचार्य , ईशानका साधना खतिवडा लगायतको उपस्थिति रहेको थियो । १० वटा विद्यालयका प्रि स्कूलमा अध्ययनरत बालबालिका बिच भएको प्रतिस्पर्धा रोचक रहेको थियो । उक्त कार्यक्रम ओशिस पार्टी प्यालेस , गोकर्णेश्वर ८ मा भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१