नेपाली सेनाले भन्यो : काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सकियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०८०, सोमबार ०५:५३

काठमाडौं। नेपाली सेनाले काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सम्पन्न भएको जानकारी दिएको छ । उक्त आयोजनाको निर्माण कार्य नेपाली सेनाल नै जिम्मा लिएको छ। काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना निर्माणको कामको आर्थिक वर्ष २०७९/८० को साउन मसान्तसम्मको भौतिक प्रगति २६.१४ प्रतिशत भएको सेनाको भनाई छ ।

आज (आइतबार) नेपाली सेनाले पत्रकार सम्मेलमार्फत् सो सडक आयोजनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । आयोजनाको मोविलाइजेसनसहित वित्तीय प्रगति भने २८.११ प्रतिशत रहेको काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना प्रमुख कमलविक्रम शाहले जानकारी दिए । उनकाअनुसार आयोजनाको समष्टिगत कार्य योजना मुताविकका ११ वटा क्लष्टर अन्तर्गतका १३ वटा निर्माण प्याकेजहरूमध्ये १ देखि ७ नम्बर सम्मका प्याकेजहरू निर्माणाधीन अवस्थामा रहेका छन् ।

त्यस्तै, द्रुतमार्गको सिस्नेरी तथा मख्खुबेंसी खण्ड अन्तर्गत पर्ने प्योकेज नम्बर ८क, ९क र ९खको द्रुतमार्गको मख्खुबेंसी तथा सिस्नेरी खण्डको प्याकेज नम्बर ८क, ९क र ९खको २०८० साल भदौ १३ गते बोलपत्र खोलुवा भई मूल्यांकन भइरहेको जनाइएको छ। त्यसैगरी द्रुतमार्गको मख्खुबेंसी तथा महादेवटार खण्डमा पर्ने प्याकेज नम्बर ८ ख र १० को २०८० साल भदौ १ गते बोलपत्र आह्वान भएको छ।

२०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढमा शिलान्यास गरी निर्माण कार्य प्रारम्भ भएको यस आयोजनाको २०८० साल साउन ३० गते स्वीकृत भएको आयोजनाको परिमार्जित डिपिआर बमोजिम २०८३ साल चैत मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। उक्त आयोजनाको कुल लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१