लसुनको बोक्रा फाल्ने बानी छ भने छोडीदिनुहोस्, यस्ता चमत्कारिक फाईदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०८०, सोमबार ०५:५०

काठमाडौं । लसुन अत्यधिक औषधीय गुण भएको चिज हो । यो विभिन्न खाले रोगको रोकथाम तथा उपचारमा प्रभावकारी हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ।

लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बच्न सकिन्छ । लसुनले सवै मानिसलाई राम्रो गर्छ भन्ने छैन लसुन को प्रयोग गर्दा आप्नो स्वस्थ्य अवस्थाका विषयमा जानकार हुनु जरुर छ । साथै हामी लसुनको बोक्रालाई फोहोरको रुपमा फाल्ने गरेका छौ । यसलाई औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

लसुनको बोक्रालाई पानीमा हालेर उमाल्नुहोस् ।

यो पानीलाई मनतातो गरेर कपाल धुनुहोस् ।

यसले कपाल झर्ने समस्या जरैदेखि उखेल्छ ।

लसुनको बोक्रालाई सूप वा चिकेट स्टक बनाउने बेला त्यसमा मिसाउनुहोस् ।

यसले स्वाद बढाउँछ ।

लसुनको बोक्रालाई पिसेर डण्डिफोरमा लगाउनुहोस् ।

यसमा पाइने एन्टी अक्सिडेन्ट र एन्टी ब्याक्टेरियल गुणले डण्डिफोर ठिक गर्न सहयोग गर्दछ ।

लसुनको बोक्रलाई पानीमा हालेर उमाल्नुहोस् ।

यसलाई छानेर पिउँदा रुघा–खोकीबाट राहत मिल्छ ।लसुनको बोक्रालाई पानीमा हालेर उमाल्नुहोस् ।

यो पानीलाई मनतातो बनाएर त्यसमा केही बेरसम्म खुट्टा राख्नुहोस् ।

यसो गर्दा खुट्टा सुन्निएको छ भने हट्छ ।

लसुनलाई पिसेर यसमा मह मिसाउनुहोस् ।

यसलाई बिहान बेलुका खाँदा दमको असर कम हुन्छ ।

लसुनको बोक्रालाई पेष्ट बनाउनुहोस् ।

यसमा कागतीको रस मिसाएर कपालको जरामा लगाउँदा जुम्रा हराउँछ ।

लसुनको बोक्रलाई एक प्यानमा तातो बनाएर त्यसको पाउडर बनाउनुहोस् ।

यसमा जैतुनको तेल मिसाएर कपालमा लगाउँदा कपालको रङ कालो हुन्छ ।

यसको बोक्रलाई पानीमा हालेर उमाल्नुहोस् ।

यो पानीलाई चिसो गरेर बोटबिरुवामा हाल्दा चाँडै बढ्छ ।

लसुको बोक्रलाई पिसेर छालामा लगाउँदा दाद, चिलाउने समस्याबाट राहत पाइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१