मेयर साम्पाङलाई प्रश्न गर्दा पक्राउ परेका अशोक रिहा भए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ भाद्र २०८०, आईतवार ०६:०९

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न गर्दा प्रहरी थुनामा परेका अशोक लिम्बू शनिबार साँझ रिहा भएका छन्।

प्रहरीका अनुसार धरान-१५ का वडाध्यक्ष नरेश इवारमले बुझेर अशोकलाई लगेका हुन्। मुद्दा चलाउनपर्ने कारण नभएकाले छाडिएको प्रहरीले जनाएको छ।

मेयर साम्पाङलाई प्रश्न गरेका कारण अशोक शुक्रबार साँझदेखि प्रहरी हिरासतमा थिए।

साम्पाङले धरानमा हरेक शुक्रबार लागुऔषधविरूद्ध सचेतना अभियान सञ्चालन गर्दै आएका छन्। शुक्रबार अपराह्न उनी आफ्नो टोलीसहित धरान-१५ पुगेका थिए।

त्यहाँ पुगेर साम्पाङ हातेमाइकमा बोल्दै गर्दा अशोकले ‘हर्क दाइ, धरानमा मान्छे डेंगीले बिरामी भएको तर तपाईं चाहिँ फोटो खिचाउँदै हिँड्ने’ भनेर प्रश्न गरेका थिए।

साम्पाङ ‘तिमी चुप लाग, विरोध गर्न आएको हो?’ भन्दै रिसाएका थिए र नगर प्रहरीलाई अशोकलाई पक्राउ गर्न निर्देशन दिएका थिए।

मेयरको निर्देशनपछि नगर प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय पुर्‍याएको थियो। डिएसपी नवराज मल्लका अनुसार अशोकलाई मौखिक उजुरीका आधारमा राखिएको थियो

‘हामीले पक्राउ गरेको होइन, नगर प्रहरीले ल्याएर जिम्मा लगाएको हो,’ उनले सेतोपाटीसँग भनेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१