गोकर्णेश्वरका मेयर रिसाललाई हेल्थ अवार्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०८०, शनिबार ०६:४९

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसाललाई हेल्थ अवार्डबाट सम्मानित गरिएको छ। स्वास्थ्य क्षेत्रमा नगरपालिकाले प्रभावकारी काम गरेको भन्दै स्वास्थ्य खबर हेल्थ अवार्ड मेयर रिसाललाई दिइएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मेयर रिसाललाई अवार्ड प्रदान गरेका हुन्। नसर्ने रोगहरूको न्यूनिकरण र नियन्त्रणका लागि गोकर्णेश्वर नगरपालिकाले उत्कृष्ट काम गरेको भन्दै अवार्ड दिइएको हो।

अवार्ड वितरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छनौट समिति बनाएको थियो। गोकर्णेश्वर नगरपालिकाले नगरवासीलाई नि:शुल्क स्वास्थ्य बीमा, स्वास्थ्य उपचारमा छुट, ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई रु १ लाखसम्मको उपचारमा ७० प्रतिशत छुट दिने व्यवस्था पनि गरेको छ।

यस्तै गरी पाठेघरको मुख र स्तन क्यान्सरका बिरामीलाई १५ हजार रूपैयाँसम्मको उपचार नि:शुल्क गरिएको छ। मेयर रिसालका अनुसार नगरवासीलाई नेपाल मेडिकल कलेजसँग सम्झौता गरी मोतिविन्दुको नि:शुल्क शल्यक्रिया सेवासमेत दिइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१