दाइ–भाउजूले भनेको मात्र मान्ने नेता/कार्यकर्ताबाट पार्टी उँभो लाग्दैनः सांसद केसी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०८०, बुधबार ०५:४७

काठमाडौं। नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेस पार्टीमा दाइ–भाउजू प्रवृत्ति हावी भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार चितवन क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीमा मौलाएको नातावादको विकृत रुपले पार्टी उँभो नलाग्ने भन्दै कार्यकर्ताले सत्यलाई बन्धकी राख्नाले पार्टी क्षयीकरणको बाटोमा गएको बताए ।

“पार्टीका दाइ–भाउजूले भनिसके, अब मान्नु पर्छ भनेर सत्यलाई बन्धकी राख्ने कार्यकर्ता वा नेता कायर वा दास हुन् । यिनीहरुबाट पार्टी उँभो लाग्दैन,” उनले भने ।

उनले पछिल्लो समय धार्मिक द्वन्द्व बढ्दै गएको बताउँदै त्यसलाई समयमै सरकारले समाधानको पहल गर्नुपर्नेमा जोड दिए ।

“हामीले बुझ्नु पर्छ, जनप्रियतावादबाटै हिटलर जन्मेका हुन् । तसर्थ, यथार्थ र आदर्शबाट मात्रै देश चल्छ । बहुजातीय, बहुसांस्कृतिक र धार्मिक सहिष्णुता भएको देशमा धार्मिक द्वन्द्वको खतरा बढ्दै छ । त्यसलाई राज्यले समयमै समाधानको पहल लिनुपर्छ,” उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१