पुल्चोकका लेखा अधिकृत कार्कीविरुद्ध ४ करोड ६७ लाख भन्दा धेरै बिगो मागदाबीसहित भ्रष्टाचारको मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०८०, बुधबार ०५:४६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत अनुसन्धान बिकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा ४ करोड ६७ लाख भन्दा धेरै बिगो मागदाबीसहित विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

‘लेखा अधिकृत कार्कीले पदको दुरुपयोग गरि अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५३-०२-१७ देखि २०७९-०८-२८ सम्मको जाँच अवधिमा समग्र आय तथा व्ययको बिश्लेषण गर्दा आयतर्फ पारिश्रमिक आय, उनकी श्रीमतीको पारिश्रमिक आय, बिभिन्न भत्ता आय, घर बहाल आय, बिमा परिपक्क आय, जग्गा बिक्री आय, बैंक व्याज आय, बिभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा आय, ऋणवापत प्राप्त विप्रेषण आय गरी बैंध आय १ करोड ०८ लाख ४८ हजार पाँच सय ९० रुपैयाँ र सोही अवधिमा उनले सिर्जना गरेको खर्च तथा लगानीतर्फ घर निर्माण खर्च, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, अध्ययन खर्च, ऋण लिएवापत तिरेको साँवा व्याज, बिमा प्रिमियमवापत तिरेको रकम, सवारी साधन खरिद, बिभिन्न कम्पनीहरुको शेयर खरिदरलगानी गर्दा भएको खर्च, पुँजीगत लाभकर, घर वहाल कर, बैंक मौज्दात गरी रुपाँच करोड पचहत्तर लाख सतासी हजार तीन सय सत्तरी रुपैंयाँ बहत्तर पैसा देखिन आएबाट सो सिर्जित आयबाट उनको व्यय घटाउँदा हुन आउने चार करोड सत्सठ्ठी लाख अठतिस हजार सात सय असी रुपैयाँ छैसठ्ठी पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को बैधानिक स्रोत खुलेको नदेखिएकोले उनको बैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आएबाट बैधानिक रुपले आर्जित सम्पत्तिको अनुपातमा मनासिव नदेखिने किसिमको र उनको परिवारले अमिल्दो र अस्वभाविक उच्चस्तरको जीवन यापन गरेको प्रमाणित भएको हुँदा सार्वनजिक पद धारण गरेका तोरण बहादुर कार्कीले साविक भ्रष्टाचार निवारण ऐन¸२०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸२०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले उनलाई चार करोड सत्सठ्ठी लाख अठतीस हजार सात सय असी रूपैयाँ छैसठ्ठी पैसा कायम गरी साविक भ्रष्टाचार निवारण ऐन¸२०१७ को दफा १५¸दफा १६ ग¸दफा ३ र दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸२०५९ को दफा २० को उपदफा (२) अनुसार विगो बमोजिम जरिवाना र कैद सजाय हुन एवं निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिसमेतबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(ग) दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ (ख )बमोजिम बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिइएको छ’। आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैगरी लेखा अधिकृत कार्कीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती उर्मिला थापा कार्कीसमेतको नाममा जग्गाहरु खरिद, शेयर खरिद, सवारी साधन खरिद तथा बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको श्रोत नखुलेको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग) दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸२०४८ को दफा २९ ख। बमोजिम उर्मिला थापा कार्कीलाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफत गरी पाउन मागदावी सहित अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१