सांसद अनिरुद्धसिंह यादवलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०८०, बुधबार ०५:४४

काठमाडौं । हत्या अभियोगमा फरार रहेका मधेश प्रदेशका सांसद अनिरुद्धसिंह यादवलाई सप्तरी जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

आम निर्वाचत २०७९ मा सप्तरी क्षेत्र नं.४ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद यादवलाई प्रहरीले कर्तव्यज्यान मुद्दामा सोमबार दिउँसो राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको थियो ।

बोदेबर्साइन नगरपालिका ५ बस्ने यादवलाई कर्तव्यज्यान मुद्दामा पक्राउ गरी जिल्ला अदालत सप्तरीमा पेश गरिएको थियो ।

वि.सं.२०६४ असार ९ गते अपहरण गरी तत्कालीन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको नेङ्गडा गाविस–५ वैरिया टोलमा गोली प्रहार गरी हत्या भएको थियो ।

मृतककी दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते कर्तव्यज्यान मुद्दामा यादवसहित नौ जनामाथि किटानी जाहेरी दिएकी थिइन् । जाहिरीपरेपछि यादव फरार थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१