विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०८०, बुधबार ०५:४३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित ३ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले आज एक सूचना जारी गर्दै गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेक नारायण यादव र एम.आई.एस.अपरेटर विरेन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा बिगो पाँच लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को देहाय घ बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा १ अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत दाबी गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

गाउँपालिका अध्यक्षसहित अपेटर विरेन्द्र कुमार यादवलगायतले आपसी योजनामा सोलार बत्ती जडान गर्दा गाउँपालिकाबाट रकम भुक्तानी गरेबापत सेवाग्राहीसँग पाँच लाख (दुई लाख नगद र तीन लाख चेक) रुपैयाँ घुस लिएको अख्तियारले दाबी गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१