सुनचाँदीको मूल्यमा गिरावट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०८०, मंगलवार १२:४६

काठमाडौँ। आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्यमा गिरावट आएको हो । मंगलबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको जनाएको हो ।

मंगलबार सुनको मूल्य १ लाख १२ हजार ७ सय रुपैयाँमा रहेको छ भने तेजाबी सुनको मूल्य १ लाख १२ हजार १ सय ५० रुपैयाँमा रहेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुनको मूल्य १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो |यता, चाँदीको भाउ समेत प्रतितोला २० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । सोमबार प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय ४५ रुपैयाँ कायम गरिएको छ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१