६० किलो सुन प्रकरण: थप एक जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०८०, मंगलवार ०५:५८

काठमाडौं । गत साउन ३ गेत काठमाडौंबाट बरामद भएको ६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुन प्रकरणमा सुमन खरेललाई पक्राउ गरेको हो । बुटवल घर भएका खरेललाई भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको सीआइबी स्रोतले जनाएको छ ।

खरेल सुन तस्करीमा संलग्न चिनियाँ नागरिकका सहयोगी हुन् ।खरेल पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २६ पुगेको छ । राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ मा सिआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१