१२ पास विद्यार्थीलाई जया मल्टिपल क्याम्पसको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०८०, सोमबार ०६:३१

गोकर्णेश्वर । काठमाडौं पुर्वी भेगको परिचित शैक्षिक क्षेत्रको धरोहर जया मल्टिपल क्याम्पसले बधाई  तथा विदाई कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं-८ माकलबारीमा रहेको कलेजले कलेजका संस्थापक सदस्य कुमार घिमिरेको अध्यक्षतामा शनिबार कलेजको प्राङ्णमा विशेष कार्यक्रमको अवसरमा विद्यार्थी अभिमुखिकरण तथा विदाई कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर प्राध्यापक एवम् कमप्युटर आइटि विशेषज्ञ नवराज पौडेल रहेका थिए । कार्यक्रममा विशेष अतिथिको रुपमा कलेजका प्राचार्य भवानीप्रसाद पौडेल लगायत क्याम्पसका प्राचार्यहरुका रहेका थिए ।

कार्यक्रममा कलेजबाट २०७९ सालमा परीक्षा दिएर कक्षा १२ पास भएका विद्यार्थीहरुलाई बधाई  तथा विदाइ गरिएको छ । उक्त कार्यक्रममा २०७९ को शैक्षिक सत्रमा कक्षा १२ मा उत्कृष्ठ नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई विशेष सम्मान गरिएको थियो ।

काठमाडौंको पुर्वी भेगमा २०६१ सालबाट पृथक पहिचान बनाउदै आएको र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उक्त संस्थाले शैक्षिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै जया मल्टिपल क्याम्पसका प्राचार्य भवानी प्रसाद पौडेलले नियमित पठन पाठन संगै विद्यार्थीहरुको सृजनात्मक विकासमा कलेजले प्राथमिकता दिएको उल्लेख गरेका थिए । उनले विद्यार्थीहरुलाई युग सुहाउँदो शिक्षा प्रदान गरेकाले स्नातक तहमा समेत विद्यार्थीहरुले जया कलेजलाई नै छान्ने बताए । त्यस्तै विदाइ भएर जाने विद्यार्थीहरुले कहिल्यै नबिर्सने समेत बताए भने कार्यक्रममा आएका सबै अतिथिहरुलाई स्वागत गरेका थिए।

पौडेलले दक्ष अनुभवी शिक्षकहरुद्वारा अध्यापन गराउँदै आएको र विद्यार्थी र अभिभावकहरुलाई कलेजले निरास नबाउने बताउदै बिद्यार्थीहरुको उज्ज्वल शैक्षिक भबिष्य निर्माणमा क्याम्पस सर्धैं प्रतिबद्द रहेको बताएका थिए ।

कलेजको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नवराज पौडेलले कलेजको उत्तरोतर प्रगतिको कामना गर्दै विद्यार्थीहरुको उज्ज्वल भबिष्यको कामना गरेका थिए । उनले देश विकासमा कमप्युटर आइटि विषयले महत्वपूर्ण भूमिका खेल्ने भएकाले विद्यार्थीहरुको समेत भूमिका महत्वपूर्ण रहेको भन्दै आइटिमा मिहेनत गरेर पढ्न अनुरोध गरेका थिए । मेहनत र लगनका साथ अध्ययन गर्ने हो भने नेपालमै अवसर पाइने हुँदा मेहेनत गरेर अध्ययन गर्नु पर्नेमा उनको जोड रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतीहरुबाट मनोरंजन प्रदान गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१