सरकारले मीनबहादुर गुरुङलाई हिरासतमा राखेर गलत गर्‍यो : पाण्डे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०८०, सोमबार ०६:०६

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले ललिता निवासको जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई हिरासतमा राखेकोप्रति आपत्ति जनाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डेले व्यवसायी गुरुङले भाटभटेनीनै बोकेर हिँड्छन जसरी पक्रेर हिरासतमा राखेको भन्दै आपत्ति जनाएका हुन् । पाण्डेले व्यवसायी गुरुङलाई थुनाबाहिर नै राखेर थप अनुसन्धान गर्नुपर्ने बताए ।

यो घटनाले आमव्यवसायीलाई त्रासमा राखेको उनको भनाइ छ । “सरकारले व्यवसायी मीनबहादुरलाई हिरासतमा राखेर गलत गरेको छ । उनको देशभर २५ वटा भाटभटेनी छन्, ती भाटभटेनीका बिल्डिङ बोकेर उनी भाग्छन् र ?,” पाण्डेले प्रश्न गरे, “व्यवसायीलाई अपराधीजस्तो व्यवहार भयो, यो गलत हो । यसले व्यवसाय वृद्धि हुँदैन । यो सच्याउनुपर्छ ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१