ईलाका प्रहरी कार्यालय हरिचाैरका प्रहरी प्रमुख रानालाई स्वागत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०८०, सोमबार ०५:५७

सुरेश छन्त्याल। पाण्डबखानी गलकाेट नगरपालिका १० पाण्डबखानी वडा कार्यलायमा ईलाका प्रहरी कार्यालय हरिचाैरका प्रहरी प्रमुख थमनसिह रानालाई स्वागत गरिएको छ। स्वागत गर्दै सफल कार्यकालकाे शुभकामना संगै केही सल्लाह सुझाब राखिएको थियाे । त्यस्तै पाण्डवखानी माद्यामिक विद्यालयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत कक्षा ९,१०११, र १२ का विद्यार्थीहरुलाइ ईलाका प्रहरी कार्यालय हरिचाैरका प्रहरी प्रमुख थमनसिह राना मार्फत अपराध, हिंसा, साइबर क्राइम, बाल याैन दुर्ववहार, लागु औषध, बालश्रम, बालविवाह, ट्राफिक संकेत सम्बन्धि परीक्षण गर्नु भएको थियाे । कार्यक्रममा वडा अध्यक्ष भक्तहादुर काउचा, निवर्तमान वडा अध्यक्ष तिलक घर्ती, समाजसेवी मानसिह छन्त्याल, राधिका पुन,धनबहादुर सुनार, रामप्रसाद वि.क वडा सचिव ठाकुर तिमिल्सिना, पत्रकार सुरेश छन्त्याल, टाेल सुधार संस्थाका संयाेजक लगाएतकाे सहभागी रहेकाे थियाे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१