बौद्ध दुई नम्बर गेट नजिकै याङ्ला रेष्टुरेन्ट एण्ड बार सन्चालनमा

evccfn@gmail.com' rastriyakhabar
१८ भाद्र २०८०, सोमबार ००:४८

काठमाडौं । बजारमा आर्थिक मन्दिको हल्ला चलि रहेकै बेला करिब एक करोड लगानिमा बौद्ध दुई नम्बर गेट नजिकै याङ्ला रेष्टुरेन्ट एण्ड बार सन्चालनमा आएको छ ।
सिन्धुपाल्चोकका युवा ब्यवसायी तथा पछिल्लो समय बेवारिसे लाश ब्यवस्थापन जस्तो सामाजिक कार्यमा सकृय सुदिप लामाले पुर्ण पारिवारिक वातावरणमा रमाउन चाहने खानेकुराका पारखिहरुका लागि याङ्ला रेष्टुरेन्ट एण्ड बार सन्चालनमा ल्याएका हुन् ।
तामाङ भाषामा नाम राखिएको यो रेष्टुरेन्टको नाम नेपालीमा हाम्रो रेष्टुरेन्ट भन्ने हुने रहेछ ।
रेष्टुरेन्टको सजावट र ब्यवस्थापन गर्न करिब २ महिना जति लागेको थियो भने यो रेष्टुरेन्टले आजैबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्न थालेको हो ।
सेवा प्रवाह गर्न थालेको पहिलो दिनमानै पछिल्लो समय उदयीमान सिन्धुपाल्चोकका गायक प्रेम योञ्जन लामाको जन्मदिन यहि रेष्टुरेन्टमा मनाईएको थियो ।
गायक योञ्जनको जन्मदिनमा शुभकामना दिन तामाङ चलचित्र क्षेत्रका महानायक भनेर चर्चित अमिर दोङ तथा नायीकाहरु र अन्य थुपै कलाकारहरुको उपस्थिति रहेको थियो ।
काठमाडौंमा थुप्रै ठाउँमा यस्ता रेष्टुरेन्ट सन्चालन गरेको अनुभवि सुदिप लामाले सामान्य ग्राहक देखि उच्च स्तरका ग्राहकहरुलाई समेत स्तरिय सेवादिन सक्ने गरि रेष्टुरेन्टको ब्यवस्थापन मिलाईएको बताए ।
प्रतेक शुक्रबार र शनिवार लाईभ म्युजिक मार्फत ग्राहकहरुलाई मनोरन्जन दिनकोलागि समेत तयारि भईरहेको सन्चालक लामाले बताएका छन् ।
आफ्नो रेष्टुरेन्टमा आएका हरेक ग्राहकले चाहेको स्वादमा परिकार खान पाउने र पारिवारिक वातावरणमा रमाउन पाउने ब्यवस्था मिलाउन आफु सदैव लागि रहने सन्चालक लामाले प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।
यो रेष्टुरेन्टको बृहत उद्याटन भने केहि समय पछाडिमात्र हुने सन्चालकले बताएका छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१