सुन प्रकरणमा महरा संलग्न भएको पुष्टि भए सरकारले कारबाही गर्छ : गृहमन्त्री श्रेष्ठ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०८०, आईतवार ०५:४९

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा संलग्न भएको पुष्टि भए सरकारले नछाड्ने बताएका छन् । शनिवार ललितपुरमा माओवादी केन्द्रले थालेको विशेष अभियानको उद्घाटन गर्दै माओवादी भएकै कारण उनलाई नछाड्ने बताएका हुन् ।
माओवादीको नेतृत्वमा सरकार भएकाले आफूहरूलाई जोगाएर विपक्षीलाई मात्र कारबाही गर्ने हो कि भन्ने शंका गरेको पाइएको भन्दै उनले जुनसुकै तह, जुनसुकै पार्टीको र जोसुकै भए पनि कारबाही गरेर छाड्ने उनले जिकिर गरे ।

‘९ किलो सुन प्रकरणमा माओवादीको नेता जोडिएको कुरा आएको छ । जोसुकै होस्, जुनसुकै पार्टीको नेता होस् अपराधमा संलग्न भएको पुष्टि भए सरकारले छाड्दैन’, उनले भने, ‘माओवादीको नेतृत्वमा सरकार भएकाले आफूलाई चोख्याउँछ कि भन्ने शङ्का गरेको पाएको छु । कुनै शङ्का नगरे हुन्छ, कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी जुनसुकै पार्टीको जुनसुकै तहको नेता भए पनि सरकारले छाड्दैन ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१