मेयर बालेनले किन गरे सिंहदरबार आगो लगाउने कुरा ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०८०, आईतवार ०५:३५

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरपालिकाका कुनै पनि गाडी सरकारबाट रोकिए सिंहदरबारमा आगो लगाईदिने चेतावनी दिएका छन् ।

उनले आजपनि आफ्नो महानगरपालिकाका गाडी सरकारबाट रोकिएको संकेत गरेका छन् । उनले आजको लागि केही भएन भन्दै भोलिबाट महानगरका कुनैनि गाडी सरकारबाट रोकिए भने सिंहदरबार आगो लगाउने चेतावनी दिएका हुन् । उनले फेशबुकमा भर्खरै सरकारलाई चेतावनी दिँदै यस्तो पोष्ट गरेका छन् ।

उनले लेखेका छन्-

आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१