सर्रे अम्बासमा एमालेको सचिवालय बैठक सुरू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०८०, बिहीबार ०६:१६

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक सिरहाको धनगढीमाइ नगरपालिकाको सर्रे अम्बासमा सुरु भएको हो ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि सबै पदाधिकारी सहभागी रहेका छन् । निलम्बित सचिव टोपबहादुर रायमाझी भने बैठकमा उपस्थित छैनन् । उनी हाल भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय कारागार सुसन्धारामा रहेका छन् ।

अम्वासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन भएका थिए । २०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो । त्यही ऐतिहासिक चौथो महाधिवेशनको सम्झनामा एमालेले सो स्थानमा बैठक आयोजना गरेको हो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१