काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरूमाथि अनुसन्धान सुरु गरेको छ ।
अख्तियारले सुन तस्करीका समयमा कार्यक्षेत्र र जिम्मेवारीमा रहेका कर्मचारीहरुको भूमिकामाथि अनुसन्धान थालेको छ । त्यसक्रममा आयोगले विस्तृत विवरण मागेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पत्राचार समेत गरेको छ ।
सुन प्रकरणमा जोडिएको भेटिएपछि अख्तियारले अर्थ मन्त्रालयका तत्कालिन महानिर्देशक झलकराम अधिकारीको कुराकानी, सम्पर्क भएको व्यक्तिहरुलगायतका विवरण मगाएको छ । त्यसैगरी उनको सम्पत्ति छानबिन समेत थालेको छ ।
प्रतिक्रिया