एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड काठमाडौंमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०८०, बुधबार ०५:५६

काठमाडौं । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेतृत्वको एक टिम काठमाडौंमा आइपुगेको छ ।

नेपालले एमसीसी कार्यान्वयनको थालनी गर्ने तयारी गरेसँगै अमेरिकाबाट उच्चस्तरीय भ्रमण भएको हो । उक्त परियोजना यहि महिनाबाट कार्यान्वयन गर्ने तयारी सुरु भएसँगै कार्यान्वयन थालनी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको छ ।

त्यसका लागि अमेरिकी उच्च अधिकारीहरु नेपाल भ्रमणमा आएका बताइएको छ । एमसीसी प्रमुख अलफोर्डको नेपाल भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ।

नेपाल र अमेरिकाबीच पाँच वर्षअघि एमसीसी कम्प्याक्टको एमओयू हस्ताक्षर भएको थियो। एमसीसी नेपाली संसदले अनुमोदन गरेको १८ महिनापछि कार्यान्वयनमा जान लागेको छ।

यसअघि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले नेपाल भ्रमण गरेकी थिइन् । उनको भ्रमण लगत्तै एमसीसी संसदबाट अनुमोदन भएको थियो ।

क्यामरनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम छ। उनी भदौ १५ मा कतार हुँदै अमेरिका फर्कने छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१