प्रतिक्रियावादीहरु सके गणतन्त्र नै समाप्त गर्ने, नसके फाँसीवादी गणतन्त्रमा रुपान्तण गर्ने प्रयासमा छन्ः प्रधानमन्त्री प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०८०, बुधबार ०५:५३

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबको बाटो समाजवादी गणतन्त्र भएको बताएका छन् ।

समाजवादी मोर्चा नेपालले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले यसका लागि बलियो शक्ति आवश्यक रहेको र त्यसैका लागि मोर्चा बनाइएको बताए ।

तत्कालीन नेकपा माओवादीले २०६२ सालमा चुनबाङ बैठकमा गरेका निर्णयको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले त्यतिबेला आफूहरुले अघि सारेका कतिपय प्रश्नको हल भइनसकेको पनि बताए ।

‘हामीले त्यतिबेला भनेका थियौं, देशलाई संविधानसभाको चुनावमा जानबाट कसैले रोक्न सक्दैन । देश अब गणतन्त्रमा जान्छ र गणतान्त्रिक आन्दोलनको नेता कम्युनिष्ट पार्टी बन्छ’ उनले भने, ‘त्यतिबेलाको दस्तावेज पढ्नुभयो भने स्पष्ट लेखिएको छ तर त्यो गणतन्त्र हामीले भनेजस्तै श्रमिक जनताको हुन्छ वा दलाल नोकरशाहको गणतन्त्र हुन्छ, त्यो गणतन्त्र आउनेबित्तिकै फैसला हुने छैन ।’

अहिले गणतन्त्र जनताको बनाउने वा वुर्जुवाको भन्ने लडाइँ जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यही फैसला गर्नका लागि समाजवादी मोर्चा बनाइएको हो । प्रतिक्रियावादीहरुले सके गणतन्त्र नै समाप्त गर्ने र नसके यसलाई फाँसीवादी गणतन्त्रमा रुपान्तण गर्ने प्रयासमा छन् तर हामी भने अब जनगणतन्त्रबाट माथि उठाएर समाजवादी गणतन्त्रमा रुपान्तरण गर्न चाहन्छौं । अहिलेको लडाइँ यही नै हो । यो लडाइँमा हामीले विशाल शक्ति सञ्चय गर्नैपर्छ, त्यसकै लागि यो मोर्चाको आवश्यकता परेको हो ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१