मन्त्रिपरिषद्को निर्णयः भन्सार र विद्युत् विधेयक संसद्मा पेस गर्नेदेखि नियुक्तिसम्म

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०८०, बुधबार ०५:४८

काठमाडौं। सरकारले भन्सार विधेयक र विद्युत विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको छ । नेपाल सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले मंगलबार  बसेको मन्त्रिपरिषद्को बैठक उक्त निर्णय गरेको बताईन् ।

साथै मन्त्रिपरिषद्को बैठकले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । त्यसैगरी प्रतिनिधि सभा सदस्यद्वय माधव सापकोटा र राजेन्द्रकुमार केसीलाई नीजीकरण समितिको सदस्यमा मनोनित गर्ने निर्णय पनि भएको प्रवक्ता शर्माले बताईन् । त्यसैगरी, नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा कैलाश कुमार पनेरुलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ । कूटनीतिक तथा सरकारी राहदानी वहाकलाई नेपाल र फिलिपिन्सबीच हुने सम्झौतामा हस्ताक्षर गर्नसमेत मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१