काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले गौर हत्याकाण्डको छानविन नगरेको खण्डमा पीडितहरु हेग जाने चेतावनी दिएका छन् ।
आज (सोमबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले पीडितसँग छानविन गर्ने प्रतिवद्धता जनाएपनि कुर्सी हल्लिने डरले चुप लागेर बसेको बताए ।
घटना भएको १७ वर्ष वितिसक्दा पनि छानविन नहुनुले पीडितहरुको कानुनी राज्यको अनुभूति गर्न नपाएको उनको भनाई छ ।
सरकार छानविन गर्छु भन्छ । तर, कुर्ची हल्लिने डरले रोकेको छ । न्यायका लागि सरकार बनेको हो कि कुर्ची बचाउन ? सरकार कुर्ची बचाएर बस्ने हो भने र नेपालमा न्याय नपाउने हो भने पीडितहरु हेग जान्छन्, चुप लागेर बस्दैनन्,’– उनले भने ।
प्रतिक्रिया