गलकोटमा माओवादीको विस्तारित बैठक सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०८०, मंगलवार ०५:५९

बागलुङ । नेकपा माओवादी केन्द्र गलकोट नगर समितिको विस्तारित बैठक गलकोट नगरपालिका वडा नम्वर ६ मा सम्पन्न भएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत पूर्ण बैठक आज सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज गोबिन्द पौडेलले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सफल बनाउन नेता तथा कार्यकर्तालाई अपील गर्नुभएको छ । उहाँले जनताको एउटा घरमा पनि नछाडि नागरिकका गुनासा, आलोचना सुन्ने सहिद तथा बेपत्ता परिवार भेट्न निर्देशन दिनुभएको थियो । पौडेलले सरकारले गरेका राम्रा कामहरुको बारेमा जनतालाई अवगत गराउन अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको थियो । उहाँले अभियानका लागि टिप्पणी सुझाव र संगठनका लागि नेता कार्यकर्ता र जनतासँग भेट गर्दै विचार र नेतृत्वको आधारमा संगठित तागत निर्माण र समृद्ध समाज निर्माण गर्न सबै आआफ्नो ठाउँबाट लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय वैकल्पिक सदस्य तथा गलकोट नगर ईन्चार्ज फमलाल निउरेले नेकपा माओवादी केन्द्रले पठाएको पार्टीको परिपत्र वाचन गर्नुको साथै आफ्नो धारणा राख्नुभएको थियो ।

उक्त बैठकमा संविधान सभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार क्याप्टेन पूर्ण बहादुर राना, गण्डकी प्रदेश कमिटि सदस्य मेख बहादुर वि.क, गण्डकी प्रदेश सदस्य ललित श्रीसले मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा गलकोट नगरपालिकाका ११ वटै वडाका वडा कमिटिका अध्यक्ष एवं पार्टीका प्रतिनिधिहरुले पार्टीको सांगठनिक अवस्था, जनप्रतिनिधिले गरेका काम, सुझाव, सल्लाह र ३ महिने अभियान लगायतका विषयमा रिपोर्टिङ गरेका थिए ।
बिस्तारित बैठक नेकपा माओवादी केन्द्र गलकोट नगर अध्यक्ष चन्द्रदत्त रेग्मीको अध्यक्षता र सचिव भिम बि क को सञ्चालनमा सम्पन्न भएको थियो ।

अभियानको क्रममा यही भाद्र १६ देखि मंसिर १५ सम्म घर घरमा माओबादी, जन जनमा माओबादी भन्ने नाराका साथ माओवादी केन्द्रले घरदैलो, जनभेटघाट, अन्तक्रिया, संगठन विस्तार, जनसेवा मुलक कार्यहरु वडा तहमा अभियानकै रुपमा संचालन गरिने जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१