ग्रील तथा स्टील ब्यवसायी महासंघ र त्रिपुरेश्वर आँखा अस्पतालको सहकार्यमा बृहत निशुल्क आँखा शिविर

evccfn@gmail.com' rastriyakhabar
९ भाद्र २०८०, शनिबार १९:४५

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ र त्रिपुरेश्वर आँखा अस्पतालको सहकार्यमा ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंको आयोजनामा काठमाडौं पुर्विक्षेत्र तथा सो अन्तर्गत रहेका ९ वटा इकाईको सहयोगमा बृहत निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
आज कपन पार्टी प्यालेसमा ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंका अध्यक्ष सुनिल कुमार अमात्यको सभापतित्व तथा ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलो बाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा आखाँ शिविर सम्पन्न भएको हो ।
कार्यक्रममा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ ,उपाध्यक्षहरु ईश्वर बहादुर खड्का,यज्ञदास श्रेष्ठ,विष्णुमाया उचाही मगर,संसोधिन शेष,जिवन भट्टराई,रुपेन्द्र बानियाँ महासचिव विवेकदास श्रेष्ठ,सचिव मोहन श्रेष्ठ लगायत सदस्यहरुको उपस्थिति रहेको थियो भने काठमाडौं जिल्लका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले पानसमा बत्तिबालेर उद्याटन गर्नुभएको कार्यक्रमको सन्चालन ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंका महासचिव याम बहादुर श्रेष्ठ (पशुपति)ले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मी टिमका लिडर अरुण प्रसाद ढुंगानाले यो जोखिमपुर्ण ब्यवसायमा आबद्ध भएका ब्यवसायी तथा कर्मचारीको आँखा शिविरमा उपस्थित भएर सर सल्लाह र उपचारमा संलग्न हुन पाउँदा आफुलाई अत्यन्तै खुसी लागेको बताउनु भयो ।
प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले ब्यवसायी तथा कर्मचारीको हितमा कामगर्न ग्रील तथा स्टील ब्यवसायी महासंघले कुनैपनि कसुर बाँकि नराख्ने बताउनु भयो । आगामी दिनमा अन्य कार्यक्रम ल्याउन पनि महासंघबाट पहल भईरहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
ग्रील तथा स्टील ब्यवसायी महासंघले समन्वय गरेको यस कार्यक्रममा त्रिपुरेश्वर आँखा अस्पतालको तर्फबाट अरुण प्रसाद ढुंगानाको नेतृत्वमा ,सल्मान खान,तृष्णा थापा,सुलोचना सेडाई,राम के.सी.,सन्जिता गुरुङ,सरस्वती ठकुरी,सरिस्मा चौधरीको टिमले करिब ३५० जनाको आँखा जाँच गरेको थियो ।
जोखिम पुर्ण ब्यवसायको रुपमा रहेको ग्रील तथा स्टील ब्यवसायमा आबद्ध ब्यवसायी तथा कर्मचारीहरुको समय समयमा आँखा जाँच गराउन सल्लाह दिदै अस्पताल टिमले आवश्यकता अनुसार सामान्य प्रकृतिका औषधिहरु निशुल्क उपलब्ध गराएको थियो ।
तिन चरणमा गरिएको आँखा जाँचको क्रममा आँखाको हेरचाह र जोखिम न्युनिकरण सम्बन्धि परामर्श समेत दिईएको थियो भने कर्मचारीको हकमा अस्पतालले मोतिबिन्दुको अप्रेसन निशुल्क गराउन सक्ने तथा अन्यको हकमा न्युन शुल्कमा सेवादिन अस्पताल सकारात्मक रहेको उपचारमा संलग्न अस्पताल टिमले जानकारी गराएको छ ।
जोखिम युक्त ब्यवसायमा आबद्ध ब्यवसायी तथा कर्मचारीको लागि निशुल्क आँखा शिवर सम्पन्न गर्न सहयोग गरेको भन्दै ग्रील तथा स्टीलब्यवसायी संघ काठमाडौंले आँखा शिविरमा खिटिनुभएका स्वास्थ्यकर्मीहरुलाई सम्मानपत्रले सम्मान गरेको थियो ।
कार्यक्रमको बारेमा मिडिया संग कुरा गर्दै ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंका महासचिव याम बहादुर श्रेष्ठ (पशुपति)ले आम ब्यवसायीहरुको लागि आँखा शिविर मात्र नभएर टि टि खोप, होलबडी चेकअप जस्ता स्वास्थ्य चेकजाँचको ब्यवस्था मिलाउन काठमाडौं जिल्लाले महासंघ संगको सहकार्यमा पहल गर्ने बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१